काठमाडौं- नेपाली कांग्रेसले संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयकहरू तत्काल सदनमा ल्याउन सरकारलाई आग्रह गरेको छ।
संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई यस्तो आग्रह गरेको हो।
बैठकले सोमबारबाट सुरू हुने सदनको अधिवेशनमा संविधान कार्यान्वयनसँग सम्बन्धित सम्पूर्ण विधेयक सदनमा ल्याउन आग्रह गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
अघिल्लो अधिवेशनमा पेस भएर विचाराधीन रहेका र यस अधिवेशनमा पेस हुने सबै विधेयकहरूलाई पारित गर्ने गरी भूमिका खेल्नका साथै सदनमा नियमित उपस्थितिका लागि पनि कांग्रेस आफ्ना सांसदहरूलाई आग्रह गरेको छ।
प्रमुख सचेतक लेखकले बैठकले नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूलाई बधाइ दिँदै कोसीमा गठबन्धनका उम्मेदवार पराजित हुनुलाई अनपेक्षित परिणामको रूपमा लिएको बताए।
Leave a Reply