जनकपुरधाम- श्रीमतीको हत्या गरेको आरोप प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।
रौतहटको राजपुर नगरपालिका–५ मदनी चोक घर भएका ३४ वर्षीय मसुद आलम लहेरीलाई प्रहरीले पक्राउ गरेको हो।
लहेरीमाथि आफ्नी जेठी श्रीमती ३७ वर्षीया नजाबुन नेसालाई आफ्नै फुसको घरमा घाँटी थिची हत्या गरेको आरोप छ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी एलिजा गिरीले प्रारम्भिक अनुसन्धानबाट लहेरीले श्रीमतीको हत्या गरेको खुलेको बताइन्।
ज्यानसम्बन्धी कसुर मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply