विचारको प्रष्टता र प्रतिबद्धताले गुटउपगुट आफैं अन्त्य हुन्छ : निधि

जुम्ला- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुटले कसैलाई भलो नगर्ने बताएका छन्।

सोमबार जुम्लामा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

गुटउपगुटका कारण पार्टीका कार्यकर्तामा व्यापक निराशा छाएको आफूले पाएको बताउँदै उनले यसलाई अन्त्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिए।

नेता निधिले विचारमा प्रष्टता र प्रतिबद्धता भए गुटउपगुटहरू आफैं अन्त्य भएर जाने जिकिर गरे।

‘नेपाली कांग्रेस गुटउपगुटबाट धेरै प्रभावित भयो, नेता कार्यकर्तामा धेरै निरासा छाएको मैले पाएको छु,’ उनले भने, ‘निराशा मेटाउने एकमात्र रामवाण भनेको विचारमा प्रष्टता र प्रतिबद्धता हुनुपर्दछ।’

उनले देशको आर्थिकवृद्धिका लागि जुम्लाले ठूलो भूमिका खेल्नसक्ने उल्लेख गरे।

सबै प्रदेसले एकअर्कासँग सहकार्य र हातेमालो गरे देश स्वतः विकासको गतिमा अगाडि बढ्ने उनको भनाइ थियो।

निधिले हिमाल, पहाड, तराई र मधेस सबै ठाउँका जनता नेपालको जनता भएकाले मुलुकको विकासका लागि समन्वय र सहकार्यमा जोड दिए।

‘एक जनाले गरेरमात्र देशको विकास सम्भव छैन, सबै प्रदेसले एकअर्कासँग समन्वय र सहकार्य गरेर अगाडि बढे मुलुकले विकासको गति लिने निश्चित छ,’ उनले भने,‘विकासका लागि सातै प्रदेसले एकअर्कासँग सहकार्य गरोस् मेरो अनुरोध छ।’

राजनीतिक शक्तिको एकता र संगठन विकासका लागि जुम्लाले खेलेको भूमिका प्रशंसनीय रहेको निधिले बताए।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *