काठमाडौं- बनेपा नगरपालिकाका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दूरूपयोग अनुसन्धान आयोगले शुक्रबार बादेविरूद्ध विशेष अदालत काठमाडौंमा १५ लाखको भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
वडाध्यक्ष बादेलाई सेवाग्रहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले घरबाटो सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्रहीसँग बादेले घुस रकम लिएको पुष्टि भएको बताएका छन्।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो १५ लाख रूपैयाँ रकमसहित जरिवाना सजाय हुन मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ।
Leave a Reply