दाङ- लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन्।
आइतबार दिउँसो प्रदेस प्रमुखकको कार्यालय बुटबलमा सपथ लिएसँगै महराले सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी गरेका हुन्।
मुख्यमन्त्री महराले सपथ लिएपछि थप तीन जना मन्त्रीले सपथ लिने जनाइएको छ।
एमालेबाट एक, माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी (जसपा) बाट एक गरी तीन मन्त्रीको सपथ हुने बताइएको छ।
एमालेबाट दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बन्न लागेका हुन्।
पहिलो चरणमा तीन जना मन्त्रीले सपथ लिने र विश्वासको मत लिएपछि मन्त्रीमण्डल विस्तार गर्ने तयारी महराले गरेका छन्।
विश्वासको मत पाउने सम्भावना सकिएपछि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ प्रदेससभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री नियुक्त हुनुअघि जसपा, नेकपा(एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउने गरी लिखित सहमति भएको थियो।
लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदसहित १० मन्त्रालय छन्।
तर, मन्त्रालयको संख्या १२ पु¥याएर बाँकी रहेका दलहरूलाई पनि सरकारमा सहभागी गराउने तयारी मुख्यमन्त्री महराले गरेका छन्।
एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन र बाँकी अन्य मन्त्रालय जसपा, एकीकृत समाजवादी तथा स्वतन्त्र सांसदलाई दिने तयारी रहेको बताइएको छ।
Leave a Reply