काठमाडौं- राष्ट्रियसभा उपाध्यक्ष पदका लागि बुधबार निर्वाचन हुँदैछ।
दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकमा उपाध्यक्ष पदका लागि मतदान हुन लागेको हो।
राष्ट्रियसभा उपाध्यक्षका लागि दुई जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
सत्ता गठबन्धनको तर्फबाट बिमला घिमिरे र नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनीले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी छन्।
राष्ट्रियसभामा माओवादी केन्द्रका १७, कांग्रेसका १६, एमालेका १०, नेकपा(एकीकृत समाजवादी) का ८, जसपाका ३, लोसपा, जनमोर्चा र मनोनित १–१ सांसद रहेका छन्।
Leave a Reply