काठमाडौं- सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०८० लाई तीन दिनसम्म मनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागनु ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।
६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडिया नाटकलगायत जनचेतनामूल कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण, राष्ट्रियस्तरका छापा सञ्चारगृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क÷स्मारिका प्रकाशन एवं प्रजातन्त्रको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय गरेको छ।
त्यस्तै प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघसंस्थाका कार्यायकाका छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय भन्डा मर्यदापूर्वका राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायरजस्ता क्षेत्र एवं घरघरमा दीप प्रज्वलन गर्ने निर्णय भएको छ।
सबै जिल्लामा सरकारी तथा गैरसकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन, जिल्ला स्तरमा फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा उपयुक्त हुने शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने कार्यक्रम सञ्चालन गर्ने सरकारको निर्णय छ।
दिवसका दिन नेपाली सेनाद्वारा सैनिक मञ्च, टुँडिखेलमा बिहान सूर्योदयसँगै बिगुल बजाउने तथा तोप र बन्दुकको बढाइँ गर्ने, सेनाको हेलिकप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित ब्यानर चक्रपथ वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ।
Leave a Reply