मैत्रीपूर्ण खेलमा पत्रकार महासंघसँग वाण्ज्यिसंघ ४ विकेटले पराजित

जनकपुरधाम- मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता नेपाल पत्रकार महासंघ धनुषासँग जनकपुरधाम उद्योग वाणिज्य संघ ४ विकेटले पराजित भएको छ।

बाह्रबिघा मैदानमा जारी बिवाइडी दोस्रो इन्टर स्कुल क्रिकेट च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत शनिबार भएको मैत्रीपूर्ण खेलमा उद्योगा वाणिज्य संघ पराजित भएको हो।

उद्योग वाणिज्य संघले दिएको ५३ रनको लक्ष्य पत्रकार महासंघको टोलीले ६ विकेट गुमाएर पूरा ग¥यो।

पत्रकार महासंघका लागि उपाध्यक्षसमेत रहेका कप्तान अवधेश कामतले चौकाका साथ विजयी सट प्रहार गरे।

पत्रकार महासंंघका लागि कमलेस ठाकुरले सर्वाधिक १४ र प्रमोद रंगिलेले १३ रनको योगदान दिए। रंगिले नटआउट रहे।

उद्योग वाणिज्य संघका लागि कप्तानीसमेत गरेका वरिष्ठ उपाध्यक्ष मनिष रमण साहले ह्याट्रिकसहित ४ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको उद्योग वाणिज्य संघले निर्धारित १२ ओभरमा ५२ रन बनाएको थियो।

उद्योग वाणिज्य संघका लागि महिला सदस्य मायाकुमारी साहले नटआउट १२ रन बनाइन्। त्यस्तै मनोज साहले ४ रनको योगदान दिए।

पत्रकार महासंघका लागि घनश्याम मिश्रले २, सन्दीप साह र धैर्यकान्त दत्तले १–१ विकेट लिए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *