जनकपुरधाम- मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेसको शान्ति सुरक्षाको सबालमा नेपाल प्रहरीले प्रदेस सरकारसँग समन्वय नगरेको गुनासो गरेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार जनकपुरधाममा आयोजना गरेको सडक सुरक्षासम्बन्धी प्रस्तुति कार्यक्रममा मुख्यमन्त्री यादवले यस्तो बताएका हुन्।
उनले नेपाल प्रहरीले समन्वय नगर्दा शान्ति सुरक्षाको क्षेत्रमा सोचेअनुसारको उपलब्धि हासिल हुन नसकेको बताए।
‘प्रदेसको शान्ति सुरक्षाका लागि प्रदेस सरकार गम्भीर छ, तर नेपाल प्रहरीले समन्वय नगर्दा सोचअनुरूपको उपलब्धि हासिल हुनसकेको छैन,’ मुख्यमन्त्री यादवले भने।
सडक दुर्घटना न्यूनीकरणका लागि प्रदेस सरकार आवश्यक कदम चाल्न तत्पर रहेको उल्लेख गर्दै उनले सडक सुरक्षाका लागि चाहिने आवश्यक उपकरण माग गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।
यादवले सेवाग्रहीले भोग्नु परिरहेको समस्यालाई मध्यनजर गरी सबै जिल्लामा यातायात कार्यालय स्थापना गरेको बताए।
ट्रायल सेन्टरको गाडीबाट ट्रायल दिँदा सेवाग्रहीलाई समस्या भइरहेकोमा अब आफ्नै गाडीले ट्रायल दिन पाउने व्यवस्था लागु गरेको उनको भनाइ छ।
Leave a Reply