जनकपुरधाम- भारतमा सम्पन्न लोकसभा निर्वाचनको मतगणना मंगलबार हुँदैछ।
६ साताको लामो प्रक्रिया, सात चरणको मतदान र विभिन्न दाबीका बीच सम्पन्न चुनावको मतगणना सुरू हुन लागेको हो।
भारतको सबै ५४२ लोकसभा सिटका लागि मतगणना बिहान ८ बजे सुरू हुने बताइएको छ। गुजरातको सुरत लोकसभा सिटबाट सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) निर्विरोध जित हासिल गरिसकेको छ।
सुरूमा ब्यालेट पेपर र त्यसको आधाघन्टापछि इभिएमको मतगणना हुने त्यहाँको निर्वाचन आयोगले जनाएको छ।
ब्यालेट पेपर नभएको मतदान केन्द्रको सोझै इभिएमबाट मतगणना सुरू हुनेछ।
चुनाव आयोगले १९ अप्रिलदेखि १ जुनसम्म सात चरणमा चलेको मतदानका क्रममा ९६ करोड ८० लाख मतदातामध्ये ६४ करोड २० लाखले मतदान गरेको जनाएको छ।
१७ औं लोकसभाको कार्यकाल १६ जुनमा सकिँदैछ। त्यसअघि सात चरणमा लोकसभा सिटका लागि मतदान भएको हो।
Leave a Reply