जनकपुरधाम- भारतमा लोकसभा चुनावअन्तर्गत मंगलबार तेस्रो चरणको मतदान भइरहेको छ।
तेस्रो चरणमा ११ राज्य र केन्द्र शासित प्रदेसका ९३ सिटका लागि मतदान भइरहेको हो।
मतदान भारतीय समयअनुसार बिहान ७ बजेदेखि सुरू भएको छ।
तेस्रो चरणमा कुल १ लाख ७५ हजार मतदान केन्द्रमा १७ करोड २४ लाख मतदाताले मतदान गर्नेछन्।
तेस्रो चरणमा भारतका गृहमन्त्री अमित शाह, स्वास्थ्यमन्त्री मनसुख मन्डाविया, केन्द्रीयमन्त्री पुरुषोत्तम रुपालासहित अन्य मन्त्रीहरूको भाग्यको फैसला हुनेछ।
डिम्पल यादव, सुप्रिया सुले, दिग्विजिय सिंहजस्ता विपक्षी नेताहरूको लोकसभा सिटमा पनि मतदान भइरहेको छ।
तेस्रो चरणमा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो गृह प्रदेस गुजरातको अहमदाबाद पुगेर मतदान गरेका छन्।
अहमदाबाद गान्धीनगर सिटअन्तर्गत पर्दछ। यो सिटबाट गृहमन्त्री शाह र कांग्रेसका सोनल पटेल चुनावी मैदानमा छन्।
यो सिटबाट प्रधानमन्त्री मोदीका साथै गृहमन्त्री शाहले पनि मतदान गरेका छन्।
तेस्रो चरणमा असम, बिहार, छत्तीसगढ, गोवा, गुजरात, मध्य प्रदेस, महाराष्ट्र, उत्तर प्रदेस, पश्चिम बंगाल, दादर नागर हवेली र दमन दीवमा चुनाव भइरहेको छ।
Leave a Reply