बैंकहरूले घटाए ब्याजदर

काठमाडौं- २० वाणिज्य बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

फागुन १ गतेदेखि लागु हुने नयाँ ब्याजदर वाणिज्य बैंकहरूले सोमबार सार्वजनिक गरेका हुन्।

बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार अधिकांशले एक प्रतिशतले ब्याजदर घटाएका छन्। यद्यपित कतिपय बैंकल भने ब्याजदर स्थिर राखेका छन्।

बैंकमा तरलता सहज हुँदै गएपछि वाणिज्य बैंकहरूले फागुनका लागि घटाएर नयाँ ब्याजदर तोकेका हुन्।

नयाँ ब्याजदरअनुसार सबैभन्दा सस्तो ब्याजमा कृषि विकास बैंकले ऋण दिने भएको छ।

व्यक्तिगत मुद्दति निक्षेपमा कृषि विकास बैंकले ६.४४३ प्रतिशत ब्याज दिने भएको छ। त्यस्तै संस्थागत निक्षेपमा ४.४४३ प्रतिशत ब्याज दिने बताइएको छ।

माघमा यो बैंकले व्यक्तिगत निक्षेपमा ७.२६ प्रतिशत ब्याज तोकेको थियो।

फागुनका लागि कुमारी बैंकको ८.०१ प्रतिशत र हिमालयन बैंकको ८.१५ प्रतिशत ब्याजदर रहेको छ। बाँकी १८ बैंकको भने ब्याजदर ८ प्रतिशतभन्दा कम छ।

हिमालयन, एभरेस्ट, लक्ष्मी सनराइज र माछापुच्छ«े बैंकले ब्याजदर स्थिर राखेका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *