बुद्ध जयन्ती मनाइँदै

जनकपुरधाम- शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औं जयन्ती आज मनाइँदैछ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएका योगदानस्वरूप यो पर्व मनाउने गरिएको हो।

बुद्धको जन्म, ज्ञान, प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि गर्ने गर्दछन्।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ।

इसापूर्व ५६३ अर्थात आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो।

२९ वर्षको उमेरमा दरबार छोडि उनी तपस्याका लागि निस्किएका थिए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *