जनकपुरधाम- नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रू. ८ सय वृद्धि भएको हो।
८ सय रूपैयाँ मूल्यवृद्धि भएर प्रतितोला रू.१ लाख २५ हजार ८ सय कायम भएको महासंघले जनाएको छ।
बुधबार छापावल सुनको मूल्य प्रतितोला रू.१ लाख २५ हजार थियो।
त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला ८ सयले वृद्धि भइ प्रतितोला रू.१ लाख २५ हजार २ सय कायम भएको छ।
बुधबार तेजाबी सुनको मूल्य प्रतितोला रू.१ लाख २४ हजार ४ सय थियो।
चाँदीको मूल्य प्रतितोला रू.५० ले वृद्धि भएको छ। चाँदीको नयाँ मूल्यअनुसार प्रतितोला रू.१ हजार ५१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो।
Leave a Reply