प्रभु साहले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं- आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साहले प्रधानमन्त्री नैतिकताको आधारमा पदमा बस्न नमिल्ने बताउँदै राजीनामा माग गरे।

आफैंले भनेको कुरा कार्यान्वयनमा नआएकाले प्रधानमन्त्री प्रचण्ड नैतिकतका आधारमा पदमा बस्न नमिल्ने उनको भनाइ थियो।

‘प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो, अब संघमा ३ करोडभन्दा घटीको योजना रहँदैन,’ साहले भने,‘सोध्न चाहन्छु–प्रधानमन्त्रीजी तपाईंको कुरा चलेको छ कि छैन? चलेको छैन भने तपाईं कुन नैतिकताले त्यहाँ बस्नु हुन्छ?’

कुनै मन्त्रीले कुरा नमानेको भए बर्खास्त गर्ने हैसियत प्रधानमन्त्रीले राख्नुपर्ने उनले बताए।

‘यदि चलेको हो भने कसरी आफ्नो कुरा उल्लंघन भयो?,’ प्रश्न गर्दै साहले भने,‘यदि आफ्नै कुरामा टिक्नु भएको छैन भने तपाईंं नैतिकताले त्यहाँ बस्न मिल्छ जस्तो मलाई लाग्दैन।’

उनले बजेट पहुँचवालाले बनाएको आरोप लगाए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *