पुनलाई नेपालगन्जमा आत्मकथा बेच्न भ्याइ नभ्याइ

नेपालगन्ज– गएको बुधबार साँझ आफ्नो किताब बिक्री गर्ने उद्देश्यले नेपालगन्ज पुगेका थिए वैज्ञानिक डा.महावीर पुन।

बिहीबार र शुक्रबार नेपालगन्जका मुख्य–मुख्य चोक र गल्लीमा पुन आफ्नो आत्मकथा ‘सम्झना, सपना र अविरल यात्रा’ लिएर उपस्थित भएका थिए।

नेपालगन्जले उनलाई आत्मियतापूर्वक स्वागत गर्‍यो। दुई दिनमा करिब दुई हजार थान किताब बिक्री पनि भयो।

नेपालगन्जका कफी सप, रेष्टुरेन्ट, त्रिभुवन चोक, धम्बोजि, पुष्पलाल चोककमा डा.पुनलाई किताबमा हस्ताक्षर गर्न भ्याइ नभ्याइ थियो।

नेपालगन्जका विभिन्न कार्यालय, सडकमा स्थानीयवासीहरुलेउत्साहपुर्वक किताब किनेर उनलाई साथ दिए।उनको उद्देश्यमाथि अपार साथ दिए, नेपालन्जवासीले।
नेपालगन्जका स्थानीयले उनलाई किताब किनेरमात्रै होइन विश्वासका साथ स्वागतसमेत गरेका थिए, उनीहरूले।

डा.पुन किताब बिक्री गर्न नेपालगन्जका गल्ली र सडकमा उपस्थित भइरहँदा नेपालगन्जवासीले उत्साह थपे।

स्थानीय सञ्चार माध्यमले उनको उपस्थितिलाई महोत्सवमय बनाएर समाचार बनाए। दूई दिनदेखि नेपालगन्जको सामाजिक सञ्जालमा भिडियो रिल र तस्बिरमा डा.पुन नै छाइरहेका छन्।

उनको उपस्थितिलाई नेपालगन्जले हार्दिकताका साथ मात्रै लिएन नपालगन्जीयाहरुले सप्रेम स्विकार गरेका छन्। सर्वसाधरणदेखि जनप्रतिनिधि कर्मचारीदेखि मजदुर सम्मले उनको आत्मकथा किनेर उनको लक्ष्यमा पुग्न साथ दिएका छन्।

बीरगञ्ज कृषि औजार कारखाना सञ्चालनको निमित्त राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुन आफ्नो जीवनी ‘सम्झना, सपना र अविरल यात्रा’ किताब बिक्री गर्न विभिन्न विद्यालयहररूमा समेत पुगेका छन्।

उनलाई विद्यार्थीहरूले ‘आइडल’ का रूपमा लिएको बताएका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *