पाकिस्तान चुनाव : सरकार बनाउन रस्साकस्सी

काठमाडौं- पाकिस्तानमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि पार्टीले बहुमत हासिल गर्न सकेको छैन।

तर, इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारहरुले सबैभन्दा बढी सिटमा जित प्राप्त गरेको छ।

केही सिटको नतिजा आउन बाँकी रहेकोमा इमरान समर्थित स्वतन्त्र उम्मेदवारहरु सबैभन्दा बढी सय सिटमा जित हासिल गरेको छ।

नवाज शरिफको पार्टीले ७१ सिट प्राप्त गरेको छ जबकि पिपिपी ५३ स्थानमा जित हासिल गरेको छ।

त्यस्तै एमक्युएम १७ सिटमा जित प्राप्त गरेर चौथों ठूलो पार्टी बनेको छ।

पाकिस्तान नेसनल एसेम्बलीको २६४ सिटका लागि भएको निर्वाचनमा बहुमत पु¥याउन १३४ सिट जरुरी हुन्छ।

अब सरकार गठनका लागि शरिफ र बिलावल भुट्टोले संवाद सुरु गरेका छन्। बिलावल र आसिफ जरदारी लाहौर पुगेका छन्।
सरकार गठनका लागि शरिफ र इमरानको पार्टीमा होडबाजी सुरु भएको छ।

सरकार गठनसम्बन्धी शरिफको प्रस्तावको जवाफमा इमरानको पार्टीले सबैभन्दा बढी सिट जितेकोले केन्द्रमा आफूहरुले सरकार बनाउने बताएको छ।

चुनावी सफलताका बाबजुद इमरानको पार्टी पिटिआइलाई क्षति बेहोर्नुपरेको छ। चुनाव आयोगको निर्णयपछि पिटिआइको चुनाव चिह्न ‘क्रिकेट ब्याट’ निलम्बन भएको छ।

निर्वाचन आयोगले प्रतिबन्ध लगाएपछि इमरानको पार्टी पिटिआइका उम्मेदवारहरु स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका थिए।

स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी सिटमा जित हासिल गरे पनि इमरानको पार्टी सरकार बनाउने स्थितिमा देखिएको छैन।

त्यहाँको निर्वाचन आयोगको कानुनअनुसार सरकार बनाउन स्वतन्त्र उम्मेदवारहरु कुनै राजनीतिक दलमा आवद्ध हुनुपर्ने हुन्छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *