काठमाडौं- लजुङमा पहिरोले घर बगाउँदा एक परिवारका चार जना बेपत्ता भएका छन्।
क्व्होलासोथार गाउँपालिका–३ को पोगुममा मंगबार राति पहिरो गएको हो।
पहिरोले तीनवटा घर बगाएको छ भने एकै परिवारका चार जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा ६९ वर्षीय मित्रमान गुरुङ, उनकी ३६ वर्षीया बुहारी पञ्चकुमारी गुरुङ, ७ वर्षीया नातिनी इच्छा गुरुङ र ५ वर्षीया नातिनी नम्रता गुरुङ रहेका छन्।
बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
करिब तीन सय मिटर लामो पहिरोमा परी तीन घर बगेको बताइएको छ।
Leave a Reply