काठमाडौं- नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा मेसिन अपरेटरको मृत्यु भएको छ।
सडकखण्डको तुइन खोलानजिक पहिरो खस्दा पुल निर्माण कम्पनी एएनकेको मेसिन अपरेटरको मृत्यु भएको हो।
नाला खन्ने क्रममा मेसिनमाथि पहिरो खसरेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।
पहिरोले मेसिनमाथि पनि क्षति पुगेको बताइएको छ।
पहिरो खसेर मेसिनमै च्यापिएका अपरेटरलाई बाहिर निकालेर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको डिभिजन कार्यालयले जनाएको छ।
घटनाको थप विवरण आउन बाँकी छ।
Leave a Reply