नाउपाकी प्रदेस सांसद गिरी पदमुक्त

काठमाडौंं- नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेसकी प्रदेससभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन्।

सभामुख भीम भण्डारीको निर्देशनमा प्रदेससभा सचिवालयले गिरीलाई पदमुक्त गरेको हो।

‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम नागरिक उन्मुक्ति पार्टीको च.नं.५०४ मिति २०८०/१२/२१ गतेको पत्रबाट प्रदेससभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेससभाको सचिवालयमा पेस भएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित हुन भनी माननीय सभामुखज्यूबाट निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्रदेससभा सचिवालयको सूचनामा भनिएको छ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको निर्देशन नमानेको भन्दै समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाइएको पत्र प्रदेससभा सचिवालयमा पठाएकी थिइन्।

नागरिक उन्मुक्ति पार्टीभित्र संरक्षक रेशम चौधरी र अध्यक्ष श्रेष्ठबीच तीब्र विवाद चलिरहेको छ।

रेशमकै निर्देशनमा गिरी मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी थिइन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *