जनकपुरधाम- लोकसभा निर्वाचनमा भारतका नवनिर्वाचित सांसद कंगना रनौतमाथि झापड प्रहार भएको छ।
पञ्जाबको चन्डीगढ विमानस्थलमा उनीमाथि झापड प्रहार भएको हो।
बलिवुडबाट राजनीतिमा प्रवेश गरेकी कंगनालाई विमानस्थलमा एक जना महिला प्रहरी जवानले झापड हानेको बताइएको छ।
सत्तारुढ भारतीय जनता पार्टीबाट निर्वाचित सांसद कंगनालाई झापड हान्ने महिला प्रहरी जवानलाई निलम्बन गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
प्रहरी जवानविरूद्ध स्थानीय प्रहरी चौकीमा जाहेरी दर्ता भएको छ।
कंगना हिमाचल प्रदेसबाट लोकसभा सदस्यमा निर्वाचित भएकी हुन्।
Leave a Reply