नक्कली नोटसहित बाराबाट चार जना पक्राउ

जनकपुरधाम- प्रहरीले १३ लाखबढी नक्कली नोटसहित बाराबाट चार जनालाई पक्राउ गरेको छ।

बारा प्रहरीले सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, सानो बसबरीया र ठूलो बसबरीयाबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका–६ बस्ने २५ वर्षीय राजन चौधरी, वडा नम्बर ५ बस्ने १९ वर्षीय अशोक चौधरी र रौतहट राजपुर नगरपालिका–१ बस्ने १९ वर्षीय मोहनकुमार साह र भारत बिहार मोतिहारी थाना झरौखर बस्ने ४० वर्षीय महम्मद आलम रहेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट १–१ हजार दरको १३ लाख १६ हजार नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

त्यस्तै उनीहरूले प्रयोग गरेको नेपाली र भारतीय प्लेट नम्बर गरी दुई थान मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

नक्कली नोटको कारोबारमा संलग्न भएको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *