देशभर मनसुनी वायुको प्रभाव, जनकपुरमा बिहानैदेखि वर्षा

जनकपुरधाम- देशभर मनसुनी वायुको आंशिक प्रभाव देखिएको छ। केही दिनअघि पूर्वाी नेपालहुँदै प्रवेश गरेको मनसुनीको आंशिक प्रभाव देखिन थालिएको हो।

मनसुनी वायुको प्रभावका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

जनकपुरधामका साथै मधेस प्रदेसका सबै ठाउँमा बिहानदेखि हल्का वर्षा भइरहेको छ।

यस्तै बागमती, कोसी र गण्डकी प्रदेसका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सिरहाको गोलबजारमा ४७.२, झापाको अनारमनीमा १२३६७.४, उदयपुरको सुन्दरपुरमा ११८.८, सिन्धुपाल्चोकको ढुंगेमा ९६.८, संखुवासभाको तुर्केघाटमा ९४.४, सिन्धुपाल्चोकको भोताङमा ९४.४, लमजुङको बेसीसहरमा १११, कास्कीको लामापाटनमा १११५.४ तथा डडेलधुराको साहुखर्कमा ८०.६ मिलिलिटर वर्षा भएको छ।

दिउँसो मधेस, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेसमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।

मधेस, कोसी, बागमती र गण्डकी प्रदेसका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति मधेस, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेसमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

मधेस, कोसी र बागमती प्रदेसका अधिकांश तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेसका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *