जनकपुरधाम – मधेस प्रदेससभा सदस्य दीपेन्द्र ठाकुर उत्कृष्ट प्रदेससभा सदस्यबाट सम्मानित भएका छन्।
प्रदेससभाको छैठौं स्थापना दिवसको अवसरमा प्रदेससभा सचिवालयले आयोजना गरेको कार्यक्रममा ठाकुर उत्कृष्ट प्रदेससभा सदस्यबाट सम्मानित भएका हुन्।
संसदीय कामकारबाहीमा उल्लेख्य भूमिका खेलेको भन्दै उनलाई उत्कृष्ट प्रदेससभा सदस्यको पुरस्कार दिइएको हो।
उनलाई प्रदेस प्रमुख हरिशंकशर मिश्रले प्रशस्तिपत्र दिएर सम्मानित गरेका छन्।
ठाकुर नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेससभा सदस्य हुन्।
उनी निर्वाचित क्षेत्र जनकपुरधामको सहरी क्षेत्र हो।
Leave a Reply