काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जेसन रहेको प्रहरीले जनाएको छ।
कतारबाट मुम्बई हुँदै काठमाडौं आएका जेसनले करिब एक किलो सुन ल्याएका थिए।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार दुईवटा पाइन्टभित्रपट्टी लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको थियो।
Leave a Reply