काठमाडौं- सत्तारुढ दल नेकपा माओवादी केन्द्रले चैत १ गतेदेखि तराई–मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ।
बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले चैत १ गतेदेखि तराई–मधेस जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
माओवादी केन्द्रका पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले चैत १ गते झापाबाट अभियानको उदघाटन हुने जानकारी दिए।
तराई–मधेस जागरण अभियानका साथै उत्तर–दक्षिण अभियानसमेत सञ्चालन हुने उनले बताए।
सापकोटाले प्रदेसले आफ्नै तरिकाले जनपरिचालन गर्नेगरी प्रदेसकै योजनाअनुसार कार्यक्रम सञ्चालन हुने तय भएको जानकारी दिए।
उनले गठबन्धनबारे नेपाली कांग्रेसको भूमिकालाई महत्वपूर्ण रूपमा लिएको बताए।
प्रवक्ता सापकोटाले माओवादी विशेष रूपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय बैठकले गरेको जानकारी दिए।
राम्रो काम गर्ने र काम नगर्नेको नाम शुक्रबारको बैठकपछि सार्वजनिक गरिने उनले बताए।
Leave a Reply