जनकपुरधाम- डेनमार्कका प्रधानमन्त्री मेट फ्रेडरिकसनमाथि बीच सडकमै आक्रमण भएको छ।
कोपेनहेगनस्थित सडकको बीचमा रहेको स्क्वायरमा हिँडिरहेको बेला प्रधानमन्त्री मेटमाथि आक्रमण भएको हो।
एक जना मानिसले उनी नजिक गएर हिर्काएको बताइएको छ।
हेटमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ परिसकेका छन्। घटनाबाट आफू स्तब्ध र अचम्भित भएको बताएकी छन्।
युरोपेली आयेगकी प्रमुख उर्सुृला भोन डेर लेयनले यो घटनालाई निन्दनीय कार्य भन्दै विरोध जनाएका छन्।
डेनमार्कको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीमाथि आक्रमण भएको र आक्रमणकारी पक्राउ परेको जनाएको छ।
प्रहरीले आक्रमणकारीका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।
प्रधानमन्त्री आक्रमण डेनमार्कमा युरोपेली संघको निर्वाचन हुन दुई दिनअघि भएको हो।
Leave a Reply