डेढ किलो सुन र डेढ करोडबढी रकमसहित ७ कारोबारी पक्राउ

काठमाडौं- प्रहरीले काठमाडौंबाट डेढ किलो सुन र डेढ करोडबढी रूपैयाँसहित सात जना अवैध कारोबारीलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं–२४ बाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दार्चुलाका गणेश दत्त बडु, दार्चुलाकै आयुष बडु, झापाका दिनेश खरेल, झापाकै भरतराज खरेलका साथै भारतीय नागरिकहरू अमोल विभुते, ऋषिकेश प्रकाश विभुते र गणेश सतिश बाल्टे छन्।

अवैध सुनको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार उनीहरूको साथबाट १ किलो ७६८.२९ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँ बरामद भएको छ।

पक्राउ परेका सातै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *