जेठ महिनाको अन्तिम दिन किन देखियो मितिमा बेमेल?

जनकपुरधाम- आज २०८१ साल जेठ महिनाको अन्तिम दिन। अर्थात ३२ जेठ।

तर, प्राविधिक हिसाबले मितिमा बेमेल देखिएको छ, खासगरेर नेपालका सरकारी र निजी वेबसाइटहरूमा।

एक दिनअगाडि भएर आज नेपालका वेबसाइटहरूमा असार १ गतेको मिति देखिएको छ।

नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइटलगात नेपालका सबै वेबसाइटहरूमा असार १ गते देखाएको छ।

कम्प्युटर प्राविधिकका अनुसार अंग्रेजी मितिबाट नेपाली मिति परिवर्तन गर्ने टुल्समा नै समस्या देखिएपछि एक दिनअगाडिको मिति देखिएको हो।

अंग्र्रेजी पात्रोलाई नेपालीमा परिवर्तन गर्दा जेठ ३१ गतेसम्मको महिनामात्र रहेको छ र असार ३२ गतेको महिना रहेको थियो।

तर, पञ्चाङ्ग निर्माण समितिले जेठ ३२ गतेको महिना रहेको निर्धारण गरेपछि आज असार १ गते देखिएको हो।

अंग्रेजी मितिले आज सन् २०२४ जुन १४ हो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *