जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते

काठमाडौं – जन्ती लिएर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन्।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको बस शुक्रबार बिहान ७ बजे सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा भिरमा खसेर दुर्घटना भएको हो।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका– धारावतीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–१ का मानबहानुर थामी र शिव श्रेष्ठ रहेका छन् भने अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ।

बसमा सवार दुलाहाको अवस्था सामान्य रहेको र घाइते २५ जनालाई उपचारका लागि खाडिचौरस्थित सदाबहार अस्पताल पठाइएको छ।

बाँकीको अवस्था सामान्य रहेको जनाइएको छ।

पिस्करको मुलाबारीस्थित गोकुल थामीको छोरीको विवाहमा जन्ती लिइ आएको बस बेहुलाको घरबाट आधा घन्टाको दूरी हिँडेपछि दुर्घटना भएको हो।

बिहीबार भएको वर्षाका कारण सडक बिग्रिएर बस अनियन्त्रित भइ सडकबाट एक सय मिटर तल खसेको हुनसक्ने अनुमान गरिएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *