काठमाडौंं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा लागेका सबैलाई एकताबद्ध हुने आह्वान गरेका छन्।
२९ औं जनयुद्ध दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आह्वान गरेका हुन्।
उनले परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरूलाई आरोपित गर्ने अधिकार कसैलाई नभएको बताए।
‘एकै मोर्चा र केन्द्रमा एकताबद्ध हुन आग्रह गर्दछु। ढिलो नगरी आउनुहोस्, बसौं, समीक्षा गरौं। नयाँ लहर सिर्जना गरौं। माओवादी युद्धका सहयात्रीहरू आउनुहोस्। यो मोर्चालाई एकताबद्ध गरौं,’ प्रचण्डले भने।
सामाजिक न्याय र सुशासन कायम गरेर अगाडि बढ्ने अवसर भएको बताउँदै प्रचण्डले संकल्पन गर्ने यस दिनमा सबै एकताबद्ध हुन जरूरी रहेको उल्लेख गरे।
जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्वको रहेको र आगामी दिनमा पनि रहने बताउँदै उनले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरू अगाडि बढेको जिकिर गरे।
Leave a Reply