काठमाडौं- चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०१–००६ ख २००४ नम्बरको बस दुर्घटना भएको हो।
सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नम्बरको ट्रकमा ठोक्किएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले बताएका छन्।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।