गृहमन्त्रीविरूद्ध तरुण दलले निकाल्यो राँके जुलुस

काठमाडौं- नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विरोधमा काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेको छ।

बिहीबार साँझ तरुण दलका नेता कार्यकर्ताले काठमाडौंको कोटेश्वरमा राँके जुलुस प्रदर्शन गरेको छ।

गृहमन्त्री लामिछाने र सरकारको तानाशाही रवैयाविरूद्ध प्रदर्शन गरिएको राँके जुलुसको संयोजन गरेका तरुण दलका केन्द्रीय सदस्य सुशील बुढाथोकीले जानकारी दिए।

राँके जुलुसलाई अध्यक्ष विद्वान गुरुङले मसाल बालेर सुरूवात गरेका थिए।

राँके जुलुसका सहभागीहरूले ‘नालायक गृहमन्त्री राजीनामा दे, जिबी राई कहाँ छ, रविलाई थाहा छ,’ जस्ता नारा लगाएका थिए।

राँके जुलुस कोटेश्वर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *