गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बन्दैन : प्रचण्ड

फाइल तस्बिर

विराटनगर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बन्न नसक्ने बताएका छन्।

बिहीबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

सहकागी ठगी प्रकरणमा संलग्न रहेको भन्दै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समिति बनाउन माग गरिरहेको छ।

संसदीय छानबिन समिति बनाउन माग राख्दै कांग्रेसले संसद सञ्चालनमा अवरोध गरेको छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले लामिछानेमाथि छानबिन गर्न संंसदीय समिति नबनेसम्म सदन चल्न नदिने अडान लिइरहेको बेला प्रधानमन्त्री प्रचण्डले संसदीय समिति बन्न नसक्ने बताएका हुन्।

उनले छानबिन समिति बनाउनुपर्ने कांग्रेसको माग ‘राजनीतिक पूर्वाग्रह’ भएकाले त्यस्तो समिति ‘नबन्ने’ बताए।

प्रचण्डले भने, ‘मैले कसैलाई बचाउन पर्ने कारण छैन। कुनै प्रमाण देखिए अनुसन्धान गर्न सरकार पछि पर्दैन।’

प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्ति नै गृहमन्त्री भएकाले अनुसन्धान प्रभावित हुनसक्ने भन्दै संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ।

संसदीय समिति बनाउनैपर्ने प्रमुख प्रतिपक्षको अडान र नबनाउने सत्तापक्षको अडानका कारण पछिल्लो केही दिनयता संसद बैठक प्रभावित हुँदै आएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *