गुजरातमा आगलागिमा परेर २७ जनाको मृत्यु

जनकपुरधाम- भारत गुजरातको राजकोटस्थित टिआरपी गेम जोनमा आगलागिमा परेर मृत्यु हुनेको संख्या २७ पुगेको छ।

राजकोटका प्रहरी प्रमुख राजु भार्गवले आगलागिमा परेर २७ जनाको मृत्यु भएको बताएका हुन्।

मृतकहरूमा बालबालिका पनि छन्।

शव पहिचान गर्न डिएनए गर्ने तयारी भइरहेको बताइएको छ।

आगलागि नियन्त्रणमा लिन ठूलो संख्यामा दमकल प्रयोग गरिएको थियो।

भीषण आगलागिको मुस्लो पाँच किलोमिटर टाढाबाट देखिएको थियो।

गेमजोनबाट बाहिर निस्कन नसकेपछि आगलागिको चपेटामा परेर यति धेरै संख्यामा मानिसहरूले ज्यान गुमाउनुपरेको बताइएको छ।

सपिङ मलभित्र रहेको गेम जोनमा सर्ट सर्किट भएर आगलागि भएको अनुमान गरिएको छ।

यद्यपि प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *