विराटनगर- कोसी प्रदेसमा वैकल्पिक सरकार गठनका लागि एमाले–माओवादीसहितका दलले माग गरेका छन्।
प्रदेस प्रमुख परशुराम खापुङसमक्ष निवेदन दिँदै एमाले–माओवादीसहितका दलले वैकल्पिक सरकार गठनका लागि माग गरेका हुन्।
मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको भन्दै उनीहरूले वैकल्पिक सरकार गठन उनीहरूले प्रदेस प्रमुख खापुङसमक्ष निवेदन दिएका हुन्।
कार्की नेतृत्वको सरकारमा माओवादी केन्द्रका तर्फबाट सहभागी मन्त्रीहरूले सोमबार राजीनामा दिएर सरकारबाट बाहिरिएका छन्।
माओवादी केन्द्रका मन्त्रीहरू सरकारबाट बाहिरिएसँगै कोसी प्रदेसमा वैकल्पिक सरकार गठनका लागि माग भएको हो।
प्रदेस प्रमुख खापुङसमक्ष दिइएको निवेदनमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन आग्रह गरिएको छ।
नेपाली कांग्रेस प्रदेस संसदीय दलका नेता कार्की असोज २७ गते एमालेका ३९ कांग्रेसका ८ प्रदेस सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
कात्तिक १ उनलाई कांग्रेस, माओवादी केन्द्र, एमाले, नेकपा(एकीकृत समाजवादी) र जसपाका सांसदहरूले विश्वासको मत दिएका थिए।
माओवादी केन्द्र तथा एमालेलेसमेत समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री कार्की अल्पमतमा परिसकेको निवेदनमा जिकिर गरिएको छ।
Leave a Reply