कोसी सरकारविरूद्ध दायर रिट खारेज

काठमाडौं – कोसी सरकारको वैधानिकतालाई लिएर दायर भएको रिट खारेज भएको छ।

सर्वोच्च अदालतले कोसीका मुख्यमन्त्री हिक्मत कार्कीको वैधानिकताको विषयलाई लिएर दायर भएको रिट खारेज गरेको हो।

निर्वतमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी हिक्मत कार्कीको नेतृत्वमा नयाा सरकार गठन प्रक्रिया अघि बढाउने प्रदेस प्रमुख परशुराम खापुङको निर्णय असंवैधानिक रहेको भन्दा सर्वोच्चमा रिट दिएका थिए।

न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिल मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले रिट खारेज गर्ने फैसला गरेको हो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *