जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।
कीर्ते नागरिकतासम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषामा परेको उजुरीमा प्रहरीले सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
प्रहरीमा परेको उजुरीबारे कुनै सोधपुछ नै नगरी आफूविरूद्ध पक्राउ पुर्जी जारी गरिएको अध्यक्ष सिरोहियाले बताएका छन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत अपचलन गरेको समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन गरिरहेको बेला अध्यक्ष सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।
अध्यक्ष सिरोहियाले विज्ञप्ति जारी गर्दै कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन्।
राज्यशक्तिको दुरूपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने उनले प्रष्ट पारेका छन्।
‘कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरूद्ध आफैं उजुरी गर्न लगाएर सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन,’ सिरोहियाले विज्ञप्ति निकालेर भनेका छन्।
Leave a Reply