कांग्रेसले काठमाडौंमा बृहत् सभा गर्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौंमा बहत् सभा गर्ने भएको छ।

बुधबार पार्टी केन्द्रीय समिति र संसदीय दलको बैठकले सहकारी पीडितको न्यायका लागि शुक्रबार काठमाडौंमा बृहत् सभा गर्ने निर्णय गरेको हो।

कांग्रेस केन्द्रीय सदस्य डीला संग्रौलाले गृहमन्त्री रवि लामिछानेविरूद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित सहकारी पीडितका न्यायका लागि बृहत् सभा गर्ने निर्णय भएको जानकारी दिइन्।

उनले सरकार सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति नबनाइ अधिनायकवादतर्फ उन्मुख भएको बताइन्।

सरकारको अलोकतान्त्रिक संस्कारविरूद्ध कांग्रेसले अब सदनका साथै सडकमा पनि आन्दोलन गर्ने उनले उल्लेख गरिन्।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *