कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बिहान १० बजे कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।

सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।

सहकारी ठगीबारे अनुसन्धान गर्न कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गर्दै सदनमा अवरोध गर्दै आइरहेको छ।

संसदीय समिति बनाउने दलहरू सहमत भए पनि कार्यदेशमा सहमति जुट्न सकेको छैन।

कांग्रेसले कार्यदेशमा सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान लिएको छ भने सत्तापक्ष त्यसका लागि तयार देखिएको छैन।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *