करवृद्धिविरूद्ध केन्यामा उग्र प्रदर्शन, संसदमा आगजनी

जनकपुरधाम – केन्यामा करवृद्धिविरूद्ध प्रदर्शन भएको छ।

सरकारले करवृद्धि गर्ने निर्णय गरेपछि त्यहाँका नागरिक उग्र प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरी कारबाहीमा परेर अहिलेसम्म पाँच जनाको ज्यान गएको बिबिसीले जनाएको छ।

संसद भवनभित्र प्रवेश गर्ने प्रयास गरेका प्रदर्शनकारीहरू एक भागमा आगजनी गरिदिएका छन्।

केन्याको राजधानी नैरोबीमा प्रदर्शनकारीको समूह प्रहरी घेरा तोडेर संसदभित्र प्रवेश गरेको थियो।

केन्या सरकारले हालसालै ल्याएको आर्थिक विधेयकमा कैयौं कुरामा करवृद्धि गरेको छ। करवृद्धिविरूद्ध केन्याका नागरिक सडकमा उत्रिएर उग्र प्रदर्शन गरिरहेका छन्।

नयाँ आर्थिक विधेयकलाई लिएर केन्यामा केही दिनअघिदेखि प्रदर्शन भइरहेको थियो। तर, मंगलबार संसदबाट विधेयक पारित भएपछि प्रदर्शन उग्र भएको हो।

संसदभित्र प्रवेश गरेका प्रदर्शनकारी आगजनी गर्नुका साथै तोडफोडसमेत गरेका छन्।

केन्या मेडिकल एसोसिएसनका अनुसार प्रदर्शन नियन्त्रण गर्न प्रहरीले कैयौं राउन्ड गोली चलाएको छ।

प्रहरीले चलाएको रबरको गोली र अश्रुग्यासका कारण सयभन्दा बढी मानिस घाइते भएको बताइएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *