औषधि पसलबाट लागुऔषध बरामद, श्रीमान-श्रीमती नियन्त्रणमा

जनकपुरधाम- प्रहरीले सुनसरीबाट लागुऔषधहित औषधि पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले धरान उपमहानगरपालिका–३ गौधाराबाट औषधि पसल सञ्चालक ४१ वर्षीय सुरज वनेम र उनकी ४२ वर्षीया श्रीमती टिम्पल श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

औषधि पसलमा लागुऔषध र नियन्त्रित औषधि बिक्री गरिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

खानतलासीका क्रममा पसलबाट कार्टुनभित्र लुकाइ राखेको अवस्थामा ट्रामोल–५० लेखिएको दुई हजार चक्की र प्रतिबन्धित औषधि स्पासपेन–७९३ सात हजार ९ सय ३० चक्की बरामद भएको प्रहरीले जनाएको छ।

वनेम र श्रेष्ठलाई इलाका प्रहरी धरानको हिरासतमा राखेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *