‘ओली सुध्रिएको दिन मिठाइ बाँड्छु’

काठमाडौं- नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुध्रिए आफूले मिठाइ बाँड्ने बताएका छन्।

एकीकृत समाजवादीको मधेस प्रदेस समितिको बैठकलाई सोमबार जनकपुरधाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली सुध्रिने कुनै सम्भावना नरहेको बताए।

उनले अहंकारवादी र सर्वसत्तावादी चिन्तन हावी भएका कारण आफू एमालेबाट अलग हुनुपरेको जिकिर गरे।

‘ओलीको अहंकारवादी चिन्तनका कारण एमालेबाट बाहिरिएको हुँ। ओलीमा अहिले पनि त्यो चिन्तन कायमै छ। सुध्रिने कुनै सम्भावना छैन। ओली सुध्रिए भने म मिठाइ बाँछड्छु,’ नेपालले भने।

एकीकृत समाजवादी स्थापना गर्दा आफूलाई छाडेर ओलीतिर लाग्नेहरूको अहिले बिजोग भएको नेपालको दाबी छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *