काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ।
गत वर्ष चैतमा सम्पन्न एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी बोर्डले गरेको हो।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको बताएका छन्।
कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अंकभार प्रविष्ट र ‘मिस म्याच’ को काम सकेर नतिजा प्रकाशन गर्ने अन्तिम तयारी भइरहेको उनले बताए।
बोर्डले यसपालि एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गर्ने तयारी गरेको छ।
ग्रेड प्राप्त गर्न परीक्षार्थी सैद्धान्तिक र प्रयोगात्मकतर्फ उतीर्ण हुनै पर्ने व्यवस्था बोर्डले गरेको हो।
यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात २७ अंक नल्याए ननग्रेड (एनजी) उल्लेख गरिने बोर्डले जनाएको छ।
गत चैत १५ गतेदेखि सुरू भएको एसइईमा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेडवृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए।
Leave a Reply