जनकपुरधाम- धनुषामा एम्बुलेन्स र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जनकपुरधाम–ढल्केबर सडकखण्डको मिथिला नगरपालिका–२ स्थित विश्वकर्मा चोकमा सोमबार साँझ करिब साढे ६ बजे दुर्घटना भएको हो।
दुर्घटनामा परी मिथिला नगरपालिका–३ हरिहरपुर बस्ने अन्दाजी २२ वर्षीय जिते भन्ने जितेन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदा चिकित्कसकले साँझ ७ ः २५ बजे मृत घोषणा गरेको प्रहरीले बताएको छ।
त्यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका सोही ठाउँ बस्ने अन्दाजी २५ वर्षीय सरोजकुमार महतोलाई थप उपचारका लागि न्यूरो अस्पताल जनकपुर पठाइएको छ।
टाउको र शरीरमा चोट लागेर घाइतेभइ बोल्न नसक्ने अवस्थामा रहेका सरोजको अवस्था गम्भीर रहेको बताइएको छ।
मृतक र घाइते दुवै जना मोटरसाइकलमा सवार व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ।
जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको प्र.२–००२–००१ च ०७१२ नम्बरको एम्बुलेन्स (पवित्रि हेल्थ केयर विष्णुपुर सिरहा) ले सोही दिशामा जाँदै गरेको ज ११ प १९१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
Leave a Reply