एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ।

शनिबारबाट संसद भवन नयाँ बानेश्वर सुरू भएको बैठक आज पुनः बस्न लागेको हो।

बैठकमा सोमबारबाट सुरू हुने संसदको हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने एमाले सचिवालयले जनाएको छ।

संसदीय दलको बैठक पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरूलाई प्रशिक्षण दिने बताइएको छ।

संसदमा पार्टीका सांसदहरूको भूमिका प्रभावकारी बनाउने बारेमा प्रशिक्षण दिइने जनाइएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *