इजरायली हवाइ आक्रमणमा शरणार्थी शिविरका २० जनाको मृत्यु

फाइल तस्बिर

जनकपुरधाम- मध्य प्यालेस्टिनी क्षेत्रस्थित शरिणार्थी शिविरको एक घरलाई लक्षित गरी गरिएको इजरायली हवाइ आक्रमणमा परी २० जनाको मृत्यु भएको छ।

मध्य गाजाको अल–नुसिरात शरणार्थी शिविरस्थित एक घरलाई लक्षित गरिएको आक्रमणमा २० जनाको मृत्यु भएको आइतबार गाजा अस्पतालले जनाएको हो।

‘अल–नुसिरात शरणार्थी शिविरमा रहेको हसन परिवारको घरलाई लक्षित गरी इजरायलले गरेको हवाइ आक्रमणमा २० जना मृत र धेरै घाइते अवस्थामा यहाँ ल्याइएको छ,’ अल–अक्सा शहीद अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रत्यक्षदर्शीका अनुसार स्थानीय समयअनुसार ३ बजे आक्रमण भएको थियो। इजरायली सेनाले घटनाको रिपोर्ट जाँच गरिरहेको बताएको छ।

प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वफाले घाइतेहरूमध्ये अधिकांश बालबालिका रहेको जनाएको छ।

उत्तरी गाजाको जबालिया शिविरमा पनि प्यालेस्टिनी लडाकु र इजरायली सेनाबीच केही दिनदेखि झडप हुँदै आइरहेको छ।(एजेन्सी)

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *