जनकपुरधाम- मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेसका आठवटै जिल्लामा एक–एक मेडिकल कलेज स्थापना गर्ने लक्ष्य लिएको बताएका छन्।
नेपाल मेडिकल एसोसिएसन जनकपुरधामले आइतबार आयोजना गरेको मधेस हेल्थ समिटलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
मुख्यमन्त्री यादवले यसअघि आफू स्वास्थ्य राज्यमन्त्री भइसकेकाले स्वास्थ्यको महत्वबारे जानकार रहेको उल्लेख गरे।
‘प्रदेसमा १५ प्रतिशत बजेट छुट्याएर काम अघि बढाएको छु। आउने दिनमा स्वास्थ्य बजेट २० देखि २५ प्रतिशतसम्म पु¥याइनेछ,’ उनले भने।
मुख्यमन्त्री यादवले सरकारले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन गरी चार क्षेत्रमा ‘हब’ बनाउने लक्ष्य लिएको उल्लेख गरे।
चिकित्साकर्मीहरूको सुविधा र वृत्तिविकासका लागि उठेको जिज्ञासाका सन्दर्भमा उनले यसबारे आफू वचनबद्ध रहेको बताए।
मुख्यमन्त्री यादवले सेवाको गुणवत्तामा ध्यान दिन चिकित्सकहरूलाई आग्रह गरे।
‘उपचार राम्रो छ, अलिअलि सुधार पनि भइरहेको छ, तर जति सुधार हुनुपर्ने हो त्यो हुनसकेको छैन,’ उनले भने,‘डाक्टर भगवानको रूप हुन्छन्। त्यो हिसाबले काम पनि हुनुप¥यो।’
Leave a Reply