आजबाट एसइई, पाँच लाख बढी विद्यार्थी सहभागी

फाइल तस्बिर

जनकपुरधाम- यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरू भएको छ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय विद्यालयका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा २७ चैतमा सम्पन्न हुनेछ।

यसवर्षको एसइईमा जापानबाट २३ जना सहभागी भएका छन्। जापानस्थित एभरेस्ट स्कुलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र ८ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन्।

यस वर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ लागू गरेको छ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकोमा यसवर्ष विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनैपर्ने भएको छ।

एक पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको छ।

३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ।

विद्यार्थीले तीनपटकसम्म दुई विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *