काठमाडौं- बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जना थुनामुक्त भएका छन्।
काठमाडौं जिल्ला अदालतको आदेशमा व्यवसायी चौधरीसहित बाँसबारी जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख
अजितनारायणसिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर बुधबार थुनामुक्त भएका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले तीनै जनालाई गत माघ १८ गते पक्राउ गरेको थियो।
अदालतको आदेशानुसार हाजिरी जमानीमा उनीहरूलाई सिआइबीले छाडेको हो।
सोमबार जिल्ला अदालत काठमाडौंले बयान लिने काम भइसकेकोले तीनै जनालाई हाजरी जमानीमा छोड्न आदेश दिएको थियो।
यो पनि :
Leave a Reply